काठमाडौं, २५ पुस । बाँडेगाउँस्थित रामबहादुर बम्जनको आश्रममा भएको सन्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको हो । मकवानपुर हेटौँडा घर भएका सन्चलालका छोरा महेन्द्रले बम्जनको सिन्धुपाल्चोक आश्रममा बाबुको हत्या भएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय (मकवानपुर) मा उजुरी दिएका थिए ।