काठमाडौं, २३ पुस । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कलाकारहरुलाई राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले नेपालको कला मुलुकलाई धनी बनाउने आधार भएको उल्लेख गर्दै त्यस अभियानमा जुटन कलाकारहरुलाई आह्वान गरेका हुन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमम उनले कला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रममा मन्त्री बास्कोटाले कला क्षेत्रप्रति नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने आवश्यक्ता औंल्याए ।