चेल्सी र युनाईटेड एफए कपको चौथो चरणमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

चेल्सी र युनाईटेड एफए कपको चौथो चरणमा

Football

काठमाडौँ, २२ पुस । शीर्ष क्लबहरु चेल्सी, आर्सनल र म्यान्चेस्टर युनाईटेड एफ.ए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको तेस्रो चरणको खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई २–० ले हराउँदा आर्सनलले ब्ल्याकपूलमाथि ३–० को जित निकाल्यो ।त्यसैगरी म्यान्चेस्टर युनाईटेडले रिडिङलाई २–० ले पराजित गर्दा ब्राईटनले बर्नमाउथमाथि ३–१ को जित निकाल्यो ।गएरातिका खेलमा विजयी हुँदै वेष्ट ह्याम युनाईटेड, बर्न्ले, एभर्टन, क्रिष्टल प्यालेस र स्वान्सी सिटी पनि एफ.ए कप फुटबलको चौथो चरणमा उक्लिएका छन् ।