रेशम चौधरीलाई सपथ खुवाउनु गलत
काठमाडौं, २१ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वाइर्डबडी प्रकरणमा सरकारले कानुनबिपरित छानविन आयोग गठन गरेको आरोप लगाएका छन् ।
शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले संसदीय समितिको उपहास गर्नेगरि सरकारले वाइडबडी प्रकरणमा जाँचबुझ आयोग गठन गरेको बताए । उनले शक्ति पृथकीकरणको बिषयलाई ख्याल नै नगरि छानविन आयोग गठन गर्दै सरकारले संसदीय अभ्यास र अधिकार क्षेत्रलाई प्रभावित पार्न खाजेको उल्लेख गरे ।
नेता सिंहले दुई तिहाईको सरकारले संविधानलाई पन्छाएर अगाडि बढ्न खोजेको दावी गरे । वाइडबढी किनबेचमा भएको घोटलाबारे सरकार डराएर छानविनका लागि कानुनविपरीत जाँचबुझ आयोग गठन गरेको सिंहको भनाई छ ।
उनले सरकारले दुईतिहाईको बलमा कानुनभन्दा माथि उठेर मुद्दा लागेका रेशम चौधरीलाई सांसद पदको सपथ गराउनु गलत भएको दाबी गरे ।