सर्वोच्चको छवि जोगाउन आवश्यक परे ‘बाटो लाग्न’ तयार हुनुपर्छ : प्रधानन्यायाधीश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सर्वोच्चको छवि जोगाउन आवश्यक परे ‘बाटो लाग्न’ तयार हुनुपर्छ : प्रधानन्यायाधीश

Cholendra jabara

तेजना पण्डित

काठमाडौं, २० पुस । प्रजातन्त्रको पुन:स्थापना यता विश्वनाथ उपाध्यायपछि सबैभन्दा लामो कार्यकालको लागि २९आैं प्रधानन्यायधीशको रुपमा चोलेन्द्र सम्मशेर जवरा नियुक्त भएका छन् । तीन वर्ष एघार महिनालामो कार्यकाल लिएर नियुक्त भएका चोलेन्द्रशसमशेर जवरालाई न्यायालयमा भएको भष्ट्राचार अन्त्य गरी न्यायपालीकालाई स्वतन्त्र, निष्पक्ष, विश्वासनीय मात्र नभएर सक्षम न्यायालय बनाउने जिम्मेवारी आएको छ ।

न्यायालयमा भष्ट्राचार हुुने गरेको भन्दै नागरिकले न्यायपालीको निष्पक्षतामा प्रश्न उठाइरहँदा न्यायपालीकामा राजनीतिक हस्तक्षेप तथा बिचौलियाको प्रवेश तथा ‘बेन्च सपिङ’को चर्चाले न्यायालयको साख घटिरहेको छ ।

यस्तो अवस्थामा न्यायपालीकालाई भष्ट्राचारमुुक्त गरी नागरिकको विश्वास जित्नु न्यायालयका लागि फलामको चिउरा चपाउनु सरह हुन्छ । प्रधानन्यायाधीका आगामी कदम त्यस अनुरुप हुन्छन् वा विगतको निरन्तरता मात्र कायम रहन्छन् आम मानिसको चाँसोको विषय हो ।

प्रधानन्यायाधीश राणाले भने जनअपेक्षा अनुसारका काम गर्न सर्बोच्चका न्यायाधीशलाई निर्देशन गर्दै सर्वोच्चको छवि जोगाउन आवश्यक परे ‘बाटो लाग्न’ तयार हुन आग्रह गरेका छन् ।

तर प्रधानन्यायाधीश राणाले भने जनअपेक्षा अनुसारका काम गर्न सर्बोच्चका न्यायाधीशलाई निर्देशन गर्दै सर्वोच्चको छवि जोगाउन आवश्यक परे ‘बाटो लाग्न’ तयार हुन आग्रह गरेका छन् ।

अदालतमा न्यायसम्पादन मात्र हैन न्यायप्रशासनका समस्याले पनि अदालतको छवि विगारीरहेको छ । कार्यालय समयमा सेवा प्राप्त नहुने, अदालतपुग्दा प्रशासनबाटै अन्याय महसुस गर्नुपर्ने, व्यक्तिको व्यक्तित्व हेरेर मुद्दा दर्ता वा दरपिठ गर्ने जस्ता कार्य कर्मचारीको विवेक भन्दा मनोमानिको विषय बनिदिँदा सेवाग्राहीहरु हैरान छन् । ढिलो न्याय दिनु न्याय नदिनु सरह हो । तर, न्यायमा ढिलाई पनि न्याय क्षेत्रको विडम्बना बनिरहेको छ ।

वर्तमान प्रधानन्यायाधीश जवराले वकिल पृष्ठभूमिबाट २०५२ साल देखि पुनरावेदन अदालतको न्यायाधीशबाट करियर सुरु गरेका हुन् । अहिलेसम्म उनीबाट झण्डै ११ हजार फैसला भएपनि ती फैसलाले कुनै ‘ट्रेन्ड सेट’ गर्न सकेका छैनन् ।

बरु उनँले गरेका कतिपय फैसला नकारात्मक चर्चाका विषय बने, जुन संसदीय सुनुवाइका क्रममा उनी आफैले स्वीकार गरेका छन् । आफ्नै विगतबाट पाठ पिक्नु, ठिक व्यक्तिलाई ठिक जिम्मेवारी दिनु, न्यायलयमा बिचौलियाको प्रभाव नियन्त्रण गर्नु उनको कार्यकालको मुख्य चुनौति भएको अधिवक्ताहरुको बुझाई छ ।

न्यायालयमा सुधार गर्न र नागरिक विश्वास बढाउन प्रधानन्यायाधीश जवराको विगत र त्यसबाट निर्माण भएको व्यक्तित्व पक्कै पूर्ण छैन । त्यसका लागि जवराले आफ्नो विगतबाट पाठ सिक्नु, राजनीतिक हस्ताक्षेप विरुद्ध उभिने आँट गर्नु अनि आफूलाई तटस्थ राख्नु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);