२ सय ३५ किलो चरेशसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

२ सय ३५ किलो चरेशसहित २ जना पक्राउ

बाल यौन दुराचारी

काठमाडौं, १९ पुस । प्रहरीले २ सय ३५ किलो लागू औषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोको टोलीले बिहीबार बिहान धादिङको गजुरीबाट भारतीय नम्बर प्लेटको ट्रकमा लुकाई राखेको सो परिमाणको चरेशसहित एक जना भारतीय नागरिक र एक जना नेपाली नागरिक पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत निघौलीका ३० वर्षीय ट्रक चालक सतेन्द्र सिंह बेघल र पर्सा सोन वर्षाका ५० वर्षीय लाल महोम्मद गद्धी रहेको नेपाल प्रहरीको लागू औंषध नियन्त्रण व्यूरो प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय, धादिङमा बुझाईएको छ । पक्राउ परेका मध्ये गद्धी लागू औषध ओसारपसार कार्यमा लामो समयदेखि संलग्न रही आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।