पुस अन्तिम साता ‘चितवन महोत्सव’ हुने | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

पुस अन्तिम साता ‘चितवन महोत्सव’ हुने

चितवन, १९ पुस । यही पुस २५ गतेदेखि चितवन महोत्सव सुरु हुने भएको छ । चितवनको प्रदर्शनी मैदान नारायणी नदी किनारमा १२ औं चितवन महोत्सव कार्यक्रम आयोजना गर्न लागिएको हो ।

चितवनको सामाजिक–आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यका साथ यस वर्ष पनि चितवन महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पत्रकाहरुलाई महोत्सवको व्यापक प्रचारप्रसार गरि दिन पनि आग्रह गरे ।

प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने सो महोत्सव माघ ४ गतेसम्म चल्नेछ । महोत्सवमा ५ सय ३० वटा स्टल रहनेछ । चितवनका स्थानीय उत्पादनलाई स्टलमा विशेष आकर्षणको रुपमा रहने पनि बताइएको छ । ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो महोत्सवमा २५ करोड बढिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);