टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीले लिए सांसदको शपथ | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीले लिए सांसदको शपथ

काठमाडौं, १९ पुस । टीकापुर घटनाका मुख्य अभियुक्त एवं कैलाली क्षेत्र नं. १ का निर्वाचित सांसद रेशम कुमार चौधरीले पद तथा गोपनियताको सपथ लिएका छन् । चौधरीले थारु भाषामा शपथ लिए ।

उनलाई प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । सपथ ग्रहण लगत्तै संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले चौधरीलार्इ सांसद्को लोगो प्रदान गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख महराले चौधरीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । उनलाई सपथ ग्रहणका लागि सिंहदरबार ल्याइएको थियाे । उनले चस्मा, ढाका टोपी र ढाका जस्तै देखिने कपडामा सजिएर पद तथा गोपनियताको सपथ खाएका छन् । सपथ ग्रहण समारोहमा राजपाका शीर्ष नेताको सहभागिता रहेको थियो । सभामुखसँग शपथ लिएलगत्तै चौधरीलाई पुनः डिल्लीबजार कारागार पठाइएको छ ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा ७ जना प्रहरी सहित ८ जनाको ज्यान जाने गरि भएको आन्दोलनमा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका चौधरी सपथ लिन डिल्लिबजार कारागारबाट संसद सचिवालय आएका थिए । उनलाई उच्चसुरक्षा सर्तकता साथ संसद सचिवालय ल्याईएको थियो ।

राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले हिउँदे अधिवेशन सुरु भएकै दिन पुस ११ गते तत्काल सांसद चौधरीलाई सपथ खुवाउन सरकारसंग माग गरेका थिए । कारागारमा बसेकालाई पदीय हैसियतमा सांसदको सपथग्रहण गराउँदै लोगो दिईएको नेपालकै संसदीय इतिहासमा यो पहिलो घटना हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);