जगदीशपुर तालमा चराको चोरी शिकारी बढ्दो | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

जगदीशपुर तालमा चराको चोरी शिकारी बढ्दो

chara

शम्भू माली
कपिलवस्तु, १८ पुस
। पछिल्लो समयमा कपिलवस्तुस्थित जगदीशपुर ताल आसपासमा चराको चोरी शिकारी बढ्दो क्रममा देखिएको छ । शिकारीहरुले रातको मौका पारी चराहरु मार्ने गरेको स्थानीयहरुको भनाई छ ।

कपिलवस्तुको जगदीशपुर तालमा विशेषगरी स्वदेश तथा विदेशी पर्यटकहरु चरा चुरुङ्गी हेर्नका लागि पुग्ने गर्दछन् । तर, पछिल्लो समयमा ताल आसपासमा वढ्दो चोरी शिकारीले चराहरुनै लोप हुन अवस्था पुगेको स्थानीयहरुको भनाई छ ।

तालमा डुंगा चलाउने काम गदै आएका मोहनलाल राजभरले केही समय यता मात्र विषादी खाएर मडुल र सिंह जातका २१ चरा मारेको बताए ।

१ सय ५७ हेक्टरमा फैलिएको यो ताल कृत्रिम रुपमा बनाईएको नेपालकै सबैभन्दा ठूलो ताल हो । तालको प्रवद्र्धन र विस्तारका लागि बढ्दो चोरी शिकारीलाई रोक्न स्थानीय प्रशासनले विशेष पहल गर्नूपर्ने स्थानीयको भनाई छ ।

सदरमुकाम तौलिहवादेखि करीब ११ किमी उत्तर कपिलवस्तु नगरपालिका –९ मा पर्ने यो ताल सिमसारमा आश्रित ६१ र अन्य ५७ प्रजातिका चराहरु पाइन्छन् । त्यस्तै, विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पनि यहाँ पाईन्छ ।

अझ, यो मौसममा साईबेरिया, रुश, चीन, मंगोलिया, मध्य एशियाका लगायतका देशबाट चिसो छल्न यहाँ चराहरु आउने गर्दछन् । तर, यसरी वढ्दो चोरी शिकारी रोक्न सकिएन भने चरा अध्ययन अनुसन्धानका लागि जगदिशपुर ताल पूग्नेहरु पनि रित्तो हात फर्किेन्छन् भने तालको महत्वपनि घट्ने सरोकारवालाहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);