काठमाडौं, १८ पुस । कुनै जानकारी बिना डा गोविन्द केसी इलाम पुगेका छन् । चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने लगायतका माग राख्दै केसी पुन: अनशन बस्न इलाम पुगेका हुन्।
अन्नपुर्ण पोष्ट दैनिकका अनुसार सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन्। उनले आफ्नो मोबाइल स्वीच अफ गरेका छन् ।