ए डिभिजन लिग : नेपाल आर्मी र जावलाखेलको बराबरी गोल | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

ए डिभिजन लिग : नेपाल आर्मी र जावलाखेलको बराबरी गोल

ब्रिगेड ब्वाइजद्वारा फ्रेण्डस क्लव पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल आर्मी क्लबलाई जावलाखेल युथ क्लबले गोलरहित बराबरीमा रोकेको छ ।

हलचोकस्थित एपीएफको खेलमैदानमा सोमबार भएको १२ औं राउण्डको खेलमा आर्मीले जावलाखेल युथ क्बलसँग गोलरहित बराबरी खेलेको हो ।

खेल अवधिभर आर्मीले बल नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन । पहिलो हाफमा आर्मीले एकपछि अर्को अवसर खेर फालेको थियो । दोस्रो हाफमा पनि आर्मीको अवस्था उस्तै देखिएको थियो ।

यता, जावलाखेलले भने आर्मिबिरुद्ध उत्कृष्ट प्रदर्शन ग-यो । बराबरीसँगै आर्मीको १२ खेलबाट २२ अंक भएको छ । यता, जावलखेलको भने १२ खेलबाट १२ नै अंक रहेको छ ।

ब्रिगेड ब्वाइजद्वारा फ्रेण्डस क्लव पराजित

यसैगरी सोमवार नै भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले फ्रेन्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जित हात पार्ने क्रममा बीबीसीका लागि काजिम बुसारीले दुई गोल गरे ।

त्यस्तै, अब्बु सियहले गोल गरे । जितसँगै बीबीसीको १२ खेलबाट ९ अंक भएको छ । पराजित फ्रेन्ड्स क्लबको भने १२ खेलबाट ९ अंक रहेको छ ।

यसैगरी सोमबार नै भएको खेलमा न्युरोड टिम र मछिन्द्र क्लबबीचको खेलमा दुबै टिमले ५–५ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);