अप्सरा गौतम
काठमाडौं, १६ पुस । काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा दिनानुदिन बढ्दै गईरहेको छ । यस वर्ष उपत्यकामा तोकिएको स्तर भन्दा पाँच गुणा बढी सम्म वायु प्रदुषण बढेको छ । प्रदुषणको मात्रा बढ्दै गएपनी नियन्त्रणको प्रयासमा ध्यान दिएको देखिदैन । वायु प्रदुषणकै कारण श्वास प्रश्वासजस्ता रोगहरु बढेका छन् ।
वायू प्रदुषण नियन्त्रणका लागी प्रभावकारी कदम नचाल्दा काठमाडौं उपत्यकामा दिनप्रतिदिन प्रदुषण बढ्दो छ । केही वातावरण सम्बन्धि प्रतिवेदनले काठमाडौं शहरलाई विश्वकै प्रदूषित शहरमध्यमै राखेका छन् ।
सडक, ढल, खानेपानी योजना लगायतका भौतिक संरचना निर्माणका क्रममा समेत प्रदुषण नियन्त्रणमा ध्यान नदिंदा समस्या थपिएको छ । सरकारले करोडौं रुपैयाँ खर्च गरेर काठमाडाैं उपत्यकाका रत्नपार्क, पुल्चोक, शंखमुल, भक्तपुर लगायात ७ स्थानमा प्रदुषण मापन यन्त्र जडान गरेको छ ।
यन्त्रले प्रदुषणको मात्रा बढ्दै गएको देखाएको छ । विकास निर्माणका लागी खनीएका स्थानबाट उत्पन्न धुलोका साथै सवारी साधनले फालने धुँवाले मानव स्वास्थ्यमा दिर्घकालीन समस्या बढ्दै गएको छ । तर प्रदुषण नियन्त्रणमा भने सरकार र सम्वन्धित निकायले चाँसो देखाएका छैनन ।
तापक्रम घट्दै जाँदा उपत्यकाको वायु प्रदुषणको दर पनि बढ्दो देखिएको छ । बिश्व स्वास्थ्य संगठनले २ बर्ष अघि जारी गरेको एक प्रतिवेदनले नेपालमा वायु प्रदुषणकै कारण हरेक बर्ष ९ हजार भन्दा बढीको मृत्यु हुने गरेको तथ्याङक सार्वजनिक गरेको थियो ।
सरकारी मापदण्ड भन्दा वायुको प्रदुषण दर पाँच गुणा सम्म बढेको छ । समग्र अवस्थालाई दृष्टिगत गर्दा उपत्यकाको वायु चौवीसै घण्टा श्वास फेर्न लायक नभएको चिकित्सकको भनाई छ ।
वायु प्रदुषकै कारण कूल ग्राहस्थ उत्पादनको ४दशमलव ७ प्रतिशत नोक्सान समेत भइरहेको विज्ञहरुको बिश्लेषण छ । काठमाडौं उपत्यका लगायत देशभर वायु प्रदुषणको कारक तत्वका रुपमा पुराना सवारी साधनबाट निस्कने धँुवा पनि रहेको छ ।
वायु प्रदुषण न्यूनीकरणका लागि विभिन्न सरकारी र गैरसरकारी निकायबाट बिभिन्न प्रयास भएपनि त्यो प्रभावकारी हुन सकेको छैन ।