महुली सामुदायिकको ५०% हकप्रद भर्ने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

महुली सामुदायिकको ५०% हकप्रद भर्ने आज अन्तिम दिन

mahuli-samudayik-laghu-bitta

काठमाडौं, १६ पुस । मङ्सिर ११ गतेदेखि जारी भएको महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले रू. ६ करोड चुक्तापूँजीको रू. ३ करोड बराबरको हकप्रद जारी गरेको हो । हकप्रद प्रयोजनका लागि कम्पनीले कात्तिक २८ गते बुक क्लोज गरेकाले कात्तिक २७ गतेसम्म कायम सदस्यहरुले हकप्रद भर्न सक्नेछन् ।

कम्पनीले चालू आर्थिक वर्षभित्र रू. १२ करोड चुक्तापूँजी पु¥याउने प्रक्षेपण गरेको छ । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ९ करोड पुग्नेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आवेदनका लागि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरुमा पनि सम्पर्क गर्न सकिनेछ । कम्पनीले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो समाचार आजको अभियान दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);