काठमाडौं, १५ पुस । गुरुङ समुदायले पुरानो बर्षलाई बिदाई गरि आजदेखि नयाँ बर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ वर्ग र सार को अर्थ फेरिनु भएकोले वर्ग फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाईन्छ ।
हरेक बर्ष पुस १५ का दिनलाई तोला ल्होसारका रुपमा गुरुङ समुदायले, माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसारका रुपमा तामाङ लगायत आदिवासीले तथा फागुन शुक्ल प्रतिपदाको दिन अन्य जातिले ग्याल्पो ल्होसारको रुपमा मनाउने गर्दछन् ।
तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले शुभकामना ब्यक्त गरेका छन् ।
ल्होसारको अवसरमा काठमाडौँको टुडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरि ल्होसार पर्व मनाइंदै छ।