राष्ट्रियसभा नियमावलि संसोधन समिति गठन | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

राष्ट्रियसभा नियमावलि संसोधन समिति गठन

samsadh

काठमाडौं, १३ पुस । राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन भएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावलि २०७५को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो ।

नियमावलिमा एउटा बैठक र अर्को बैठकको दुरी ७ दिन भन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले विजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संसोधन गर्न लागिएको हो ।

नियमावलिको धारा ६ को १ मा सभाको बैक बस्ने दिन तोक्दा सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेमा बाहेक एउटा बैठक बस्ने अवधी र अर्को बैठक बस्ने अवधी बीचको फरक सात दिन भन्ज्दान बढी हुने गरि तोकिने छैन भन्ने उल्ल्लेख छ ।

नियमावलिले बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था गरेको छ । यो प्रावधानले अध्यक्षको अनुपस्थितिमा बैठक प्रभावित हुने भन्दै उपाध्यक्षले पनि बैठकको अध्यक्षता गर्ने व्यवस्था सहित नियमावलि संसोधन गर्न लागिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);