नेकपा बैठकमा प्रधानमन्त्रीको जवाफ : विरोधीको अपेक्षालाई असफल बनाउनुपर्छ | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

नेकपा बैठकमा प्रधानमन्त्रीको जवाफ : विरोधीको अपेक्षालाई असफल बनाउनुपर्छ

pm oli

काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सांगठनिक एकिकरणका सबै कामहरु पौष मसान्त सम्म सकिने गरी गृहकार्य गर्ने प्रक्रिया प्रस्ताव गरेका छन् । केही दिनदेखि बस्दै आएको नेकपा स्थायी कमिटी बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले सो प्रक्रिया प्रस्ताव गरेका हुन् ।

अध्यक्ष ओलीले एकिकरणका सबै कामहरु षौष मसान्त सम्म सकिने गरी योजना बनाएर त्यसका निम्ती आबश्यक गृहकार्य गर्ने प्रक्रियाको प्रस्ताव गरेका हुन् । उनले बैठकमा राजनितिक प्रतिवेदनका क्रममा भएका छलफलहरुका सन्दर्भमा उठेका विभिन्न विषयहरुलाई स्पष्टीकरण सहित विचार ब्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफू र प्रचण्डले असाधारण शक्ति प्रयोग गरेर भए पनि पार्टी एकता गर्ने निर्णय गरेको र पाटी एकता ऐतिहाँसिक गौरवको विषय भएको बताउदै यसलाई हरहलतमा सुदृढ गर्ने प्रतिबद्धता पनी ब्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले निर्मला हत्या प्रकरणमा सुरुमा केही कमजोरी भए पनि अहिले प्रभावकारी रुपमा छानविन भइरहेको र आवश्यक परेकाहरुको डीएनए टेष्ट गरेर भएपनि दोषी पत्ता लगाउने बताएका छन् ।