काठमाडौं, १२ पुस । मुटु शरिरको महत्वपुर्ण अँग हो । मुटुको धड्कनले शरिरका सम्पुर्ण अङग्लाई पछिल्लो समयमा विश्वव्यप्ति रुपमा भईरहेको औधोगिक र मानव शरिरमा भईरहेको जिवन शैलीको परिवर्तन सगै मानव मृत्युको पहिलो कारण भईरहेकोछ । मुटु रोग प्राण घातक भए पनि यसलाई रोकथाम गर्न सकिन्छ ।
विश्व मुटु महासङ्घका अनुसार वर्षेनि एक करोड ८० लाखको हाराहारीमा मृत्यु गरेको पाईन्छ । वर्षमा मृत्यु हुनेहरु मध्ये ८० प्रतिशत भन्दा बढि मुटु रोगबाट विकासोन्मुख देशका बिपन्न वर्गका मानिसहरु पर्दछन् । प्रदुषण र खराब खानपानका कारण यो समस्या जटिल बन्दै गएको छ । यसैलाई दृष्टीगत गर्दै विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० साल सम्ममा विकासोन्मुख राष्ट्रहरुमा मुटु रोग महामारीको रुपमा फैलिने भविष्यवाणी गरेको छ । मुटु रोग भन्नले धेरै जसो हृदयघात र हार्ट फेललाई बुझ्ने गर्दछन् । कोडनरी मुटु रोग भनेको मुटुको माँशापेशीमा रगत प्रवाह गर्न नसकेर साङ्रो वा बन्द हुनाले लाग्ने रोग हो ।
हृदयघात पनि एक प्रकार कोडनरी मुटु रोग नै हो । यो रोग विशेषगरी ४० भन्दा माथिका उमेरका व्यक्तिलाई लाग्ने भन्ने गरिन्छ । तर, आजभोली युवामा पनि यसले असर गरेको पाउन थालेको छ । नेपालमा मुटु रोग बढ्ने क्रममा छ । यो कसरी लाग्छ ? के कारणले लाग्छ ? यसका रोकथमहरु के-के हुन सक्छन् ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले मुटु रोग विशेषज्ञ डाक्टर प्रेम राज वैद्द संग गरेकाे भिडियाे हेर्नुहोस्: