सोलुखुम्बुको च्याल्सामा आगलागी हुँदा एक घर जलेर खरानी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

सोलुखुम्बु, १३ भदौ । आज बिहानै सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७ च्याल्सामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। बिहान ३ बजेतिर लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सक्रियतामा झण्डै ३ घण्टापछि नियन्त्रणमा आएको छ।

 

तिब्बती शरणार्थी पासाङ डोल्मा शेर्पाको घरको भान्छा कोठाबाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। आगलागीबाट झण्डै ११ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।