काठमाडौं, ११ पुस । एकताको आठ महिनापछि बसेको स्थायी कमिटी बैठकमा नेकपा नेताहरूले मन फुकाएर धारणा राखेका छन्, धेरैले नेतृत्वको कार्यशैलीमा प्रश्न उठाएका छन् भने केहीले बचाउ गरेका छन् ।
पार्टी एकताको आठ महिनापछि पहिलोपटक सत्तारूढ नेकपामा गरमागरम राजनीतिक र सांगठनिक बहस भइरहेको छ ।
बैठक नबोलाइएको भनेर स्थायी समिति सदस्यबाट तीव्र आलोचना खेपेका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले यसपटक मन फुकाएर नेताहरूलाई बोल्न दिएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।