काठमाडौं, १० पौष । । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक धेरै लामो प्रतिक्षा पछि बसेको छ । लामो समय पछि बसेको बैठक लामै समयसम्म बस्यो । बैठकमा पर्याप्त छलफलहरु भईरहेको छ । स्थायी समतिका सदस्यहरुले नेकपा अध्यक्षद्वयले प्रस्तुत गरेको संयुक्त प्रतिवेदनको बारेमा पनि बहस भईरहेको छ । बैठकमा स्थायी समितिका सदस्यहरुले सरकारको काम गर्ने तौर तरिकामा बद्लाउ आउनु पर्यो र जनताले महसुस गर्ने गरि सुशासन हुनु पर्यो भनेर जोड दिएको देखिन्छ । संगै पार्टी संचालनको सन्दर्भमा साझेदारी चाहियो र एकल नेतृत्व होइन भनेर अर्को प्रश्न उठाईरहेको पनि देखिन्छ । यस्ता कुरा उठिरहदा अध्यक्षद्वयले यो सवाललाई कुन रुपमा लिएका छन् ? नेकपाको स्थायी समितिको बैठक कति फरक रह्यो ? बैठक पछि कामको विभाजन, नेतृत्वमा साझेदारी र सरकारको काम गर्ने तौर तरिकामा फरकपन कति आउँछ ? तल्लो स्तरको पार्टी एकताको कुराले कति तिब्रता पाउँछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलसँग गरेको कुराकानी हेर्नुहोस् :
वामदेव रन्किएपछि प्रचण्ड ओली झन् नजिक भए : हरिबोल गजुरेल (भिडियो सहित)
ताजा समाचार
डलरको भाउ अहिलेसम्मकै उच्च
३ दिन अघि