पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफलाई ७ वर्ष जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफलाई ७ वर्ष जेल सजाय

pakisthan pm

इस्लामावाद (पाकिस्तान) १० पुस ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई एक पाकिस्तानी अदालतले सोमवार ७ वर्षको जेल सजायको फैसला सुनाएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण यसअघिदेखि नै थुनामा रहेका शरिफलाई अदालतले जेल सजाय तोकेको हो । फैसला पूर्वप्रधानमन्त्री शरिफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पनामा पेपर्समा आएका सूचनामाथिको अनुसन्धानपछि आएको बताइएको छ । पाकिस्तानमा तीनपटक प्रधानमन्त्री बनेका शरिफले भने आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी सबै आरोपको खण्डन गरेका छन् ।

फैसलामा राज्यशक्ति र स्रोतको दुरुपयोग गरेर मध्यपूर्वमा पारिवारका तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता भएको भेटिएको उल्लेख छ । अदालतले शरीफलाई आजीवन राजनीतिमा अयोग्य भनी घोषणा समेत गरेको छ । एक पाकिस्तानी सञ्चार माध्यमले उनलाई अदालतले १५ लाख पाकिस्तानी रुपया जरीवाना तोकेको एक समाचारमा उल्लेख गरेको छ । थुनामा रहेका शरिफलाई अब लाहोरस्थित जेलमा लगिने अधिकारीहरूले बताएका छन् ।

शरिफको पार्टी पीएमएल–एनका नेता शहीद खाक्वान अब्बासीले अदालतको फैसलाविरुद्ध पुनरावेदन दिने बताए । भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने निकायहरूले शरिफका अन्य तीन मुद्दामा पनि अनुसन्धान गरिरहेका छन् । आम निर्वाचनका लागि लन्डनबाट पाकिस्तान फर्केका शरिफसहित उनकी छोरीलाई गत जुलाईमा पक्राउ गरिएको थियो । रासस/एएफपी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);