प्रहरीका आठ सय ५० कार्यालयमा छैन शौचालय, आइजिपीलाई भने सवा दुई करोडको नयाँ गाडी | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

प्रहरीका आठ सय ५० कार्यालयमा छैन शौचालय, आइजिपीलाई भने सवा दुई करोडको नयाँ गाडी

sarbendra khanal

काठमाडौं, ९ पुस । प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ ।

दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम खर्च गरेको छ ।

ताजा समाचार