काठमाडौं, ८ पुस । नेप्सेले ५ कम्पनीहरुले वित्तिय विवरण समयमा पेश नगरेको र सूचिकरण नियमावली विपरित काम गरेको भन्दै कारोबारमा रोक लगाएको छ । कारोबार रोक्का हुने कम्पनीमा तीन वाणिज्य बैंक परेका छन् भने दुई विकास बैंक रहेका छन् । नेप्सेले सनराइन बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, मिसन डेभलपमेण्ट बैंक, हिमालयन बैंक र मेगा बैंकको कारोबार रोक्का गरेको छ । यो समाचार आजको अभियान दैनिकमा छ ।
सूचिकृत कम्पनीले समयमा बुझाउन पर्ने सूचना सार्वजानिक नगरेपछि रोक लगाएको नेप्सेले सूचनामा दिएको छ । नेप्सेले सूचीकृत कम्पनीहरुलाई सूचना प्रवाह गर्न परिपत्र जारी गरेको थियो । कम्पनीले परिपत्रको पालना नगरेपछि कारोबारमा रोक लगाएको नेप्सेले जानकारी दिएको छ ।




