सर्वोच्चको आदेश लगत्तै दीपक मनाङगे थुनामुक्त | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

सर्वोच्चको आदेश लगत्तै दीपक मनाङगे थुनामुक्त

dipak-manange

काठमाडौं, ६ पुस । सर्वोच्च अदालतले आदेश दिएलगत्तै गुण्डानाईके दिपक मनाङ्गे भन्ने राजीव गुरुङ थुनामुक्त भएका छन् । सर्वोच्च अदालतको थुनामुक्त गर्ने आदेश पाएपछि मनाङगेलाई डिल्ली बजार कारागारले थुनामुक्त गरेको हो ।

प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका मनाङ्गेलाई ज्यान मार्ने उद्योग अन्तरगत थुनामा राखिएको थियो । ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनले सुनाएको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी जेलमा परेका थिए ।

सर्वोच्च अदालतले एक वर्ष अघि पुनरावेदनको फैसला सदर गरेपछि मनाङगे फरार रहेका थिए । फरार उनलाई गत बैशाख ६ गते साँझ स्वयम्भुबाट पक्राउ गरिएको थियो ।

यस अघि प्रदेश सभा सांसदमा निर्वाचित भएपनि पक्राउ पर्ने डरले उनले सांसद पदको सपथ समेत लिएका थिएनन् । मनाङ्गे विरुद्ध रेड कर्नर नोटिस समेत जारी भएको थियो । काठमाडौंमा अर्का गुण्डा नाईके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योग अन्तरगत २०६९ साल श्रावण २८ गते ५ वर्षको जेल सजाय सुनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);