धुर्मुश-सुन्तली फाउण्डेशनद्वारा एक हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

सप्तरी । हास्य कलाकार सीताराम कट्टेल धुर्मुश यतिखेर बाढीपीडितको लागि खटिएका छन् । धुर्मुश आफैँ खटिएर बाढीपीडितका उद्धार गरे भने राहत पनि प्रदान गरेका थिए ।

 

यसै क्रममा उनले बाढीपीडित सप्तरीका ६ विद्यालयका करिब एक हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । उनले आफ्नै अध्यक्षतामा रहेको धुर्मुस–सुन्तली फाउन्डेशनमार्फत सो सामाग्री हस्तान्तरण गरेका हुन् । बाढीले घर त बगायोबगायो शिक्षामा असर नपारोस् भनेर सामग्री बाँडेको धुर्मुशले बताएका छन् ।

 

फाउण्डेशनले सप्तरीमा रहेको आधारभुत विद्यालय, रमपुरामल्हनिया, सप्तरी, रामराजानकी राष्ट्रिय प्राथमिक विद्यालय, दलवा रमपुरामल्हनिया, राष्ट्रिय प्राथमिक विद्यालय, रमपुरामल्हनिया, लिल्जा ठाकुर प्राथमिक विद्यालय, हनुमाननगर, आधारभुत विद्यालय, गोवरगाढा र राष्ट्रिय प्राथमिक विद्यालय, हनुमाननगरमा सामग्री वितरण गरेको हो ।

 

फाउण्डेशनले बर्दिबास, धनुषा, सिन्धुली, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, सर्लाही, रौतहट, बारालगायतका स्थानमा खाध्यान्न, लत्ताकपडा तथा औषधी वितरण गरेको धुर्मुसले जानकारी दिए ।

 

१२ जिल्लाका २३ ठाउँमा झण्डै ४५ लाख बराबरको राहत सामाग्री वितरण गरिएको उनको भनाइ थियो । धुर्मुशले १६ दिनदेखि तराईमै रहेर विपदमा मल्हमपट्टी लगाएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);