'हेलिकप्टर राष्ट्रपति होईन, अतिथिलाई' | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

‘हेलिकप्टर राष्ट्रपति होईन, अतिथिलाई’

helicopter

काठमाडौं, ६ पुस । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भर्खरै  डेढ अर्ब लागतमा किनिएको हेलिकप्टर राष्ट्रपतिका लागि नभई विदेशी अतिथि र प्रकोपका बेला उद्धारका लागि प्रयोग हुने बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न विहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले हेलिकप्टर किन्न अघिल्लो बर्ष साउन १३ गते नै रक्षा मन्त्रालयले स्विकृति दिएको बताए ।

दुरुपयोग हुन नदिन गृह मन्त्रालयको लिखित स्वीकृतिमा मात्रै हेलिकप्टर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ, उनले भने, अघिल्लो सरकारकै पालामा हेलिकप्टर खरिदका लागि प्रतिपत्र खोल्ने निर्णयसमेत भएको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

ताजा समाचार