राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावल विरुद्ध भ्रष्टाचार मुद्दा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावल विरुद्ध भ्रष्टाचार मुद्दा

tilak rawal

९१ लाख बराबरको बिगो माग दावी

काठमाडौं, ५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट «बैकका पूर्व गभर्नर तिलक रावलबिरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रावल गभर्नर हुँदा १० रुपैयाँको पोलिमार नोट छपाइ प्रकरणमा अनियमितता गरेको भेटिएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारले रावलमाथि ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

अख्तियारले राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र नेपाल प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध पनि त्यत्ति नै बिगो मागरदाबी गरेर मुद्दा दायर गरेको छ ।

रावलबिरुद्ध नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा रु. १० को ५ करोड थान पोलिमर नोट छपाई गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको भन्ने समेतको उजुरी परेको जनाइएको छ । उजुरी उपर छानबिन गर्दा रावल दोषी देखिएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);