जुम्ला, १२ भदौ । बजेट बाँडफाँडमा अनियमितता भएको भन्दै जुम्लाको पातारासीका बासिन्दाले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
बजेट वितरणमा शिक्षा, स्वास्थ्य, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई उपेक्षा गरिएको भन्दै पातारासीबासीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । विकास बजेट पनि मनपरी विनियोजन भएको उनीहरुको आरोप छ ।
गाउँपालिकाको बजेट विनियोजन समानुपातिक नभएसम्म ताला नखुल्ने उनीहरुको अडान छ ।
गाउँपालिका प्रमुख तथा उपप्रमुख कार्यालयमा समयमा उपस्थित नहँदा गाउँपालिकाबाट पाउने सेवा–सुविधा समेत प्रभावित बनेको स्थानीयको गुनासो छ । नवनिर्वाचित प्रतिनिधिको लापरवाहीका कारण जनताका प्रशासनिक कामकाजमा असर परेको आरोप उनीहरूले लगाएका छन् ।