काठमाडौं, १२ भदौ ।
पशुपंक्षी विकासमन्त्री सन्त कुमार थारुले मुलुकलाई पशुजन्य पदार्थमा आत्मनिर्भर बनाउने संकल्पका साथ सरकारले काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।
काठमाण्डौमा सोमबार आयोजित कार्यक्रममा मन्त्री थारुले पशुजन्य पदार्थमा आत्मनिर्भर बनाउने संकल्पका साथ मन्त्रालयले आवश्यक कार्यक्रम तर्जुमा गरि कार्यान्वयन चरणमा गएको बताउनुभएको हो । उहाँले एक बर्षमा अण्डामा , २ बर्षमा मासुमा र ३ बर्षमा दुधमा मुलुकलाई आत्मनिर्भर बनाईने पनि विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ठ पशुपालकहरुलाई सम्मान समेत गरिएको थियो ।