पत्रकार गोपाल बस्नेत पुरस्कृत | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

पत्रकार गोपाल बस्नेत पुरस्कृत

काठमाडौं, २८ मंसिर । भोग्य सगुन सेवा समाजले पद्मा मिडिया ग्रुपको ‘विजनेस प्लस’ टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार गोपाल बस्नेतलाई ‘भोग्य सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको छ ।

शुक्रवार समाजद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार बस्नेतलाई सम्मान गरिएको हो । लामो समयसम्म पत्रकारिता क्षेत्रमा रहेर बस्नेतले महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको समाजले जनाएको छ ।

यसैगरी कार्यक्रममा अर्का वरिष्ठ पत्रकार धु्रबहरी अधिकारीलाई पनि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै अभिनन्दन गरिएको थियो।