काठमाडौं, २८ मंसिर । उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुनले फुड जोनको रुपमा मानिएको बारा, पर्सा र रौतहटको उत्पादन वढाउन संघीय सरकारले विशेष योजना ल्याएको आश्वासन दिएका छन् ।
नारायणी सिंचाई डिभिजन कार्यालयको आयोजनामा शुक्रवार वीरगंजमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले यस्तो बताएका हुन् । उनले नारायणी सिंचाईलाई आधुनिकिकरण गर्नुका साथै प्रदेश–२, को १ लाख २२ हेक्टर कुषि योग्य भूमीलाई पूर्ण सिंचाई गर्ने विशेष सिंचाई योजना निर्माण गरिने बताए ।
त्यसैगरी, कार्यक्रममा भारतले सम्झौता अनुसारको पानी नदिएको कारण नरायणी सिचाई अन्तर्गत रहेका नहरबाट प्रयाप्त सिचाईमा समस्या भएको गुनासो गरेका थिए ।