नयाँ नेतृत्व चयनका लागि इन्जिनियर्स एशोसिएशनसको मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

नयाँ नेतृत्व चयनका लागि इन्जिनियर्स एशोसिएशनसको मतदान जारी

काठमाडौं, २८ मंसिर । नेपाल इन्जिनियर्स एशोसिएशनसको नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको हो ।

निर्वाचनमा नयाँ नेतृत्वका लागि प्रगतिशिल समूह र लोकतान्त्रिक समूहका इन्जिनियरहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । केन्द्रिय कार्य कारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहको नेतृत्व त्रिरत्न बज्राचार्यले गरेका छन् भने लोकतान्त्रिक समूहको नेतृत्व हिरेन्द्रमान प्रधानले गरेका छन् ।

यसैबीच, मतदानमा सहभागी भएका इन्जिनियरहरुले पेशागत मर्यादा कायम राख्न सक्नेलाई एशोसिएसनको नेतृत्वमा चयन गर्ने बताएका छन् । उनीहरुले इन्जिनियरहरुको पेशागत मर्यादा कायम राख्न सरकारसँग पनि माग गरेका छन् । इन्जिनियर छविराज पोखरेलले इन्जिनियरहरुको पेशागत हकहितको सुरक्षा गर्न सक्नेलाई नेतृत्वमा ल्याउनुपर्ने धारणा राखे । उनले एशोशिएशनले गतिशील नेतृत्व चाहेको पनि स्पष्ट पारे ।

त्यसैगरी अर्का इन्जिनियर हरिराम हुँमागाईले आम इन्जिनियरहरुको पेशागत सुरक्षा दिन सक्ने नेतृत्व चयन गर्ने बताए । उनले विदेशी इन्जिनियरहरुलाई प्राथमिकता नदिन सरकारलाई पनि सचेत गराए ।

२७ हजार सदस्य आवद्ध रहेको एशोशिएसनको ३२ औं कार्यकारिणी समिति र सात वटा प्रदेशको प्रादेशिक कार्यकारिणी समिति गठनका लागि मतदान भईरहेको छ । एशोसिएशनको केन्द्रिय कार्यकारिणी समितिमा १८ जना र प्रादेशिक कार्यकारिणी समितिमा १६÷१६ जनाको कार्य समिति हुनेछ ।

दुई वर्षे पदावधि रहेको एशोसिएसनको नेतृत्व चयनका लागि जारी मतदान साँझ ५ सम्म हुनेछ । त्यसपछि मतदान सुरु हुने पनि एशोसिएशनले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);