काठमाडौं-निजगढ द्रुतमार्गको मुआब्जा वृद्धि गर्न सकिँदैन : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

काठमाडौं-निजगढ द्रुतमार्गको मुआब्जा वृद्धि गर्न सकिँदैन : गृहमन्त्री

rambahadur thapa

काठमाडौं, २७ मंसिर । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पारेका छन् । सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला गृहमन्त्री थापाले जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने बताएका हुन् ।

बिहीबार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राज्यले तय गरेको मापदण्ड अनुसार नै खोकना र बुङमतीको जग्गाको पनि मुआब्जा वितरण गरिएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारे।

सो जग्गाको मात्रै मुआब्जा वृद्धि गर्दा देशभरका अन्य जग्गाको पनि मुआब्जा वृद्धि गर्नुपर्ने भएकाले यसका पुनर्विचार गर्न सक्ने अवस्था नरहेको गृहमन्त्री थापाको भनाई छ ।

गृहमन्त्री थापाले खोकना र बुङमतीको जग्गाको मुआब्जा वृद्धि गर्न सरकारले तोकेको मापदण्ड मै पुनर्विचार गर्नुपर्ने बताए ।