इटहरीको एक उद्योगमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

इटहरीको एक उद्योगमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी

itahari aagolagi

काठमाडौं, २५ मंसिर । सुनसरीको इटहरीस्थित एक उद्योगमा आगलागी भएको छ ।

इटहरी उपमहानगरपालिका–१० मा रहेको लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा आज बिहान साढे ६ बजे देखि आगलागी सुरु भएको हो । उद्योगको मुख्य गोदामबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएपछि इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयासमा आगो नियन्त्रणको प्रयासु भएपनि पूर्ण रुपमा नियन्त्रणमा आउनसकेको छैन । आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);