काठमाडौं, २५ मंसिर । खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् ।
खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या अभियोगमा फक्राउ परेकी हुन् ।
एकल जीवन बिताईरहेकी फुलमायाले अवैध गर्भधारणपछि जन्मिएको शिशुको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनको पति टंकमान राईको केही बर्षअघि नै मृत्यु भएको थियो ।
फुलमायाले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लैजाँदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।