फोरमद्धारा आइजीपी खनालको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

फोरमद्धारा आइजीपी खनालको राजीनामा माग

sarbendra khanal

काठमाडौं, २४ मंसिर । सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेकी हुन् । ।

सोमबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्ने आँट गर्न नसक्ने प्रहरी महानिरीक्षक खनाल पदमा रहिरहन नमिल्ने तर्क पनि गरिन्  । उनले सो हत्याकाण्डको अनुसन्धानको नाममा निर्दोषलाई पक्राउ गरी यातना दिने काम अबिलम्ब बन्द गर्न पनि प्रहरी महानिरीक्षक खनालको ध्यानाकर्षण गराइन्  ।

सांसद कुमारीले प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको नेतृत्व लिन नसकेको दावी समेत गरिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);