कार्यालय प्रमुख नहुँदा ६ लेन सडक निर्माण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

कार्यालय प्रमुख नहुँदा ६ लेन सडक निर्माण अलपत्र

6 lane sadak

तेज बोहरा
कैलाली, २३ मंसिर
। सुदुर पश्चिम प्रदेशका दुई ठुला राष्ट्रिय गौरबका आयोजनाहरु बिगत एक महिना देखी कार्यालय प्रमुखबिहिन हुँदा आयोजना अलपत्र भएका छन् । धनगढी अत्तरीया छ लाईन सडक आयोजना र हुलाकी राजमार्ग कार्यालय प्रमुख बिहिन बनेका हुन ।

दुवै आयोजनाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका मनिष कुमार शाह कात्तिक १६ गते सरुवा भएर गए पछि अहिले सम्म नयनँ प्रमुख आएका छैन्न । ६ लेन आयोजनाका सब ईन्जीनियर दिनेशराज ओझाले कार्यालय प्रमुख नहुँदा फिल्डको अनुगमन देखि प्रशासनिक कार्यमा अवरोध भएको स्वीकार गर्दछन् ।

त्यस्तै हुलाकी राजमार्ग आयोजनाका लेखा अधिकृत राम बहादुर बलायरले सामान्य प्रशासन बाहेक अन्य काम हुन नसकेको बताए । उनले आयोजना प्रमुख नहुदा कछुवा गतिमा काम भैरहेको र अनुगमनमा समेत अवरोध भएको बताए ।

लथालिङ अवस्थामा छोडिएको ५ लाईनको निमार्ण कार्य सम्झौताको केही महिना मात्रै बाकि रहदा सम्म ३० प्रतिशत मात्रै काम भएको छ भने त्यस्तै हुलाकी सडक आयोजनाको ५० प्रतिशत पनि काम हुन सकेको छैन् । यसरी राष्ट्रिय गौरबका आयोजनाहरुनै महिनौ देखी प्रमुख बिहिन बन्दा समयमै निमार्ण सम्पन्न हुन सकिरहेका छैनन् ।