देश संकटमा परेका बेला कांग्रेस आन्तरिक विवादमा : नेता गुरुङ | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

देश संकटमा परेका बेला कांग्रेस आन्तरिक विवादमा : नेता गुरुङ

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता कुलबहादुर गुरुङले देश संकटमा परेका वेला कांग्रेस आन्तरिक विवादमा अल्झिएको भन्दै असन्तुष्टी जनाएका छन् ।

शनिबार कांग्रेसका युवाहरुले सुरु गरेको ‘सबैको काग्रेस, सधैको कांग्रेस’ अभियानको शुभारम्भ गर्दै नेता गुरुङले देशमा यावत समस्या रहेका वेला कांग्रेस भने नौ दिनसम्म पदाधिकारी संख्याको विवादमा केन्दीय समिति बैठक चलाएर बसेको बताए ।

गत १३ गते देखि सुरु बैठकमा कांग्रेसले राष्ट्रिय मुद्धामा बोल्न नसकेको भन्दै उनले नेतृत्व रुपान्तरण हुनु अवश्यक भएको बताए ।

सबैको कांग्रेस सधैको कांग्रेस अभियान अन्तर्गत नेतृत्व रुपान्तरण तथा राष्ट्रिय मुद्दामा कांग्रेसको स्पष्ट दृष्टिकोण बनाउने घोषणा गरिएको छ । सबैको कांग्रेस सधैको कांग्रेस अभियानले देशभरका कांग्रेसमा नयाँ जागरण ल्याउँदै आफ्नो नेतृत्व र सरकारका विषयमा आम जनतालाई बुझाउने लक्ष्य राखेको जनाएको छ ।