प्रतिक्षा शर्मा
काठमाडौं, २२ मंसिर । देशैभर ठेकेदारले समयमा काम नगरेको भन्दै चौतर्फी आलोचना भईरहेका वेला उनीहरुले सबैलाई एउटै तुलोमा हाल्नु नहुने बताएका छन् । निर्माण व्यवसायी महासंघको स्थापना दिवसका अवसरमा शनिवार काठमाडौंमा भेला भएका निर्माण व्यवसायीले यस्तो धारणा राखेका हुन् ।
देशैभर निर्माण व्यवसायीका कारण अधिकाशं आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको भन्दै चौतर्फी आलोचना भईरहेका वेला केही निर्माण व्यवसायीहरुले भने सवैलाई एउटै नजरबाट हेुर्न नहुने धारणा राखेका छन् ।
निर्माण व्यवसायी महासंघको स्थापना दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले केही निर्माण व्यवसायीहरुले गरेको दोष सबै व्यवसायी माथि थोपर्नु नहुने बताए ।
त्यसैगरी, अर्का निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेले सरकार आफै वाटो नभएको ठाउँमा पुल निर्माण गर्ने भनेर सम्झौता गर्ने अनि ठेकेदारले वद्मासी ग¥यो भनेर हल्ला गदै हिड्नु कतिको उचित हो मुल्याकंन गर्ने वेला आएको बताए । उनले गुणस्तर, समयमा काम हुन नसक्नुमा सवैको दोष रहेको समेत बताए ।
निर्माण व्यवसायीहरुले यसो भनिरहँदा सर्वसाधारणले भने, ठेकेदारले आफ्नो गल्तीलाई अर्काको थाप्लोमा थोपर्न भन्दा पनि सबैले आफ्नो जिम्मेवारीलाई महसुस गरि देश निर्माणमा लाग्नु सुझाव दिएका छन् । उनीहरुले गल्ती गर्नेलाई कुनै हालतमा पनि उन्मुक्ति दिन नहुने बताए ।
पछिल्लो समयमा समग्र देशको विकास निर्माणमा व्यवसायीहरुको महत्वपूर्ण भुमिका रहने गर्दछ । तर, उनीहरुनै छणिक लाभको प्रलोभनका कारण अहिले देशको समग्र विकास निर्माणमानै ठुलो असर परिरहेको छ ।




