पुस ६ गतेदेखि बाराको सिमरामा दोस्रो औद्योगिक व्यापार मेला | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

पुस ६ गतेदेखि बाराको सिमरामा दोस्रो औद्योगिक व्यापार मेला

बारा, २१ मंसिर । पुस ६ गतेदेखि बाराको सिमरामा दोस्रो औद्योगिक, व्यापार तथा खेलकुद महोत्सव हुने भएको छ । सिमरा फाउन्डेसनले स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देस्यले सिमरा रंगशालामा महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवमा जिल्लाका उत्पादन तथा स्थानीय पहिचान झल्किने सामानलाई स्टलमा राखिने आयोजकले जनाएको छ । पौष ६ गते देखि १६ गतेसम्म चल्ने महोत्सवमा तीन सय भन्दा बढि स्टल रहने र १ करोडको कारोवार हुने अपेक्षा आयोजकको छ ।

महोत्सवमा संकलित रकम मध्ये केही शैक्षिक क्षेत्रमा खर्च गरिने सिमरा फाउन्डेसनका महासचिव शैलेशराज आचार्यको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);