अख्तियारद्वारा पूर्वमन्त्री पाण्डे सहित २१ जनाबिरुद्ध भ्रष्ट्राचार मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

अख्तियारद्वारा पूर्वमन्त्री पाण्डे सहित २१ जनाबिरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

काठमाडाैं, २१ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्रि विक्रम पाण्डे सहित २१ जनाविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका पूर्वमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोजनाको ठेक्का कालिका कन्स्ट्रक्सन र सीटीसीई जेभीले पाएको थियो । त्यसैगरी अख्तियारले ३ जना पूर्वआयोजना प्रमुख र हालका आयोजना प्रमुख सहित ९ जना उपसचिवस्तरका इन्जिनियरमाथि पनि मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ । पाण्डे प्रतिनिधि सभाको गत निर्वाचनमा कांग्रेसको समर्थनमा चितवन ३ मा उम्मेदवार बनेका थिए । तर, तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रतिस्पर्धी बनेपछि पाण्डे पराजित भएका थिए ।

पाण्डे पूर्व बनमन्त्री समेत हुन् । उनीहरुमाथि भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ र ऐनको दफा २३ बमोजिमको कसुरमा दफा ८ को उपदफा ४ बमोजिम सजाय माग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);