विवाह पञ्चमी महोत्सव शुक्रबार देखि सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८१, शुक्रबार

विवाह पञ्चमी महोत्सव शुक्रबार देखि सुरु हुँदै

janaki mandir

काठमाडौं, २० मंसिर । शुक्रबार देखि जनकपुरमा विवाह पञ्चमी महोत्सव सुरु हुने भएको छ । महोत्सवका लागि करिव साँढे दुई करोडको लागतमा मन्दीरको सजावट तथा भौतिक संचचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विवाह पञ्चमी महोत्सव एक हप्ता सम्म चल्ने छ ।

विवाहपञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर सहित आसपासका अन्य मन्दिर तथा गेट सजाइएको छ । महोत्सव सन्चालन गर्न मन्दिर व्यवस्थापन र प्रदेश सरकार सहितको सहयोगमा साँढे दुई करोड खर्च हुने अनुमान गरिएको छ ।

शुक्रबार देखि एक हप्तासम्म चल्ने विवाह पञ्चमी महोत्सवमाको पहिलो दिन जनकपुर नगरदर्शन, शनिवार फुलवारी लिला, आईतवार धनुष यज्ञ, सोमवार तीलकोत्सव, मंगलवार मटकोर, वुधवार स्वयंंमवर तथा शुभ विवाह तथा विहिवार रामकलेवा गरि विवाह पञ्चमीको कार्यक्रम सम्पन्न हने आयोजकले जनाएको छ ।

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमीमा सरसझावट देखि लिएर विभिन्न व्यवस्थापनमा खर्च हुने करिव साँढे दुई करोड खर्च दाताहरुबाट नै उपलब्ध हुने आयोजकले बताएको छ ।

यस पल्ट विवाह पञ्चमीमा भारतका साधु सन्तहरु हाती तथा घोडाहरुमा जन्तीको रुपमा १० तारिखका दिन जनकपुरधाम आउनेभएकाले पनि विशेष तयारी गरिएको छ । महोत्सवको सबैभन्दा आकर्षणको केन्द्र भारत उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्य नाथ बन्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);