काठमाडौं, २० मंसिर । के प्रियंका चोपड़ा र निक जोनस साच्चै एक अर्कालाई माया गर्छन र यहि भएर बिहे गरेको हो त ? एक विदेशी म्यागजिनले यो सम्बन्धलाई प्रश्न उठाएको छ ।
बिहे र रिसेप्शन पार्टी (बिवाह भोज) पछि जहां प्रियंका र निक एक साथ दिनहरु बिताई रहेका छन् त्यहि न्यूयोकको एउटा म्यागाजिनले प्रियंका ‘ग्लोबल स्कैम आर्टिस्ट’ भनेको छ । विदेशी म्यागाजिनमा प्रियंकाको बारे यसरी लेखेको कारण बलीउडमा जोडि लगाएत अरु सुभ चिन्तक पनि भड्केकाक छन् । विवाद बढ्दै गएपछि म्यागाजिनले माफि माग्यो र प्रियंका सम्बन्धि त्यस न्युज वेबसाइबाट हटाई सकेको छ ।
आर्टिकललाई सोनम कपूरले रिस देखाएकि छिन् । उनले यस आर्टिकललाई घटिया र महिला विरोधी भनेर बताएकि छिन्। उनले लेखेकि छिन्, ‘यस्तो आर्टिकल एक महिलाले नै लेखिको छ । यो सबैभन्दा दु:खकोकुरा हो । लाज लाग्यो ।’