बंगलादेशबाट चिकित्सा शिक्षाः लाईसेन्स परीक्षामा अधिकांश फेल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

बंगलादेशबाट चिकित्सा शिक्षाः लाईसेन्स परीक्षामा अधिकांश फेल

medical collage

काठमाडौं, १९ मंसिर । बंगलादेशका निजि मेडिकल कलेजमा पढेका विद्यार्थीहरु नेपालमा लिइने चिकित्सकीय लाईसेन्स परीक्षामा अनुत्तीर्ण हुने क्रम बढ्दै गएको छ ।

साढे तीन महिनाअघि लिइएको एमबीबीएसको लाईसेन्स परीक्षामा बंगलादेश पढेका १ सय २१ जना सहभागी भएकामा ९२ जना फेल भएका थिए ।

परीक्षामा सफल हुनेको संख्या २१.३ प्रतिशतमात्र छ । यस्तै, १२ दन्तचिकित्सकले परीक्षा दिएकामा ९ जना फेल भएका थिए ।

आठ महिनाअघि लिइएको परीक्षामा पनि २ सय ७ सहभागी भएकामा ६१ जना फेल भएका थिए ।

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएनका अनुसार बंगलादेशका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।

सरकारी भन्दा निजी मेडिकल कलेजमा पढ्ने धेरै छन् । तर यहाँबाट एमबीबीएस गरेकाहरु लाईसेन्स परीक्षामा उत्तीर्ण हुने दर भने केही बर्षदेखि खस्कँदो रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);