आन्दोलन र बेथितिको अखडा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आन्दोलन र बेथितिको अखडा

chitwan andolan

चितवन, १७ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा आन्दोलन चलेको लामो समय भयो। यस वर्षको दसैंतिहार बिदापछि विश्वविद्यालय खुलेको छैन। कात्तिक २५ देखि विद्यार्थी निरन्तर आन्दोलनमा छन्।

विश्वविद्यालयले निजी क्याम्पसलाई दिएको सम्बन्धनको विरोधमा विद्यार्थी संगठनहरूले संयुक्त रुपमा धर्नालगायत विरोधका कार्यक्रम सञ्चालन गरिरहेका छन्। विद्यार्थीको आन्दोलनले निकास नपाउँदै प्राध्यापकहरूको आन्दोलन पनि थपिएको छ। विश्वविद्यालयका विद्यार्थीले शनिबार भरतपुरमा विरोध प्रदर्शनसमेत गरे।

स्थापनापछि अहिलेसम्म आइपुग्दा विश्वविद्यालयले पटकपटक बन्दको सामना गर्नुुपरेको छ। पछिल्लोपटक नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना लिने सूचना जारी भएसँगै विद्यार्थीले विश्वविद्यालय नै बन्द गराएका छन्। विश्वविद्यालयद्वारा अपारदर्शी तरिकाले सम्बन्धन दिइएका निजी क्याम्पसलाई समेत समेटेर भर्ना खुलाइएको भन्दै विद्यार्थी र प्राध्यापकले विरोध जारी राखेका छन्।

विश्वविद्यालयले शैक्षिक वर्ष २०७५/७६ का लागि सम्बन्धन दिएका निजी आठ क्याम्पसलाई समेत सहभागी गराई अनलाइन फाराम खुलाएपछि विद्यार्थीले विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। विद्यार्थी र प्राध्यापकको विरोधपछि निजी क्याम्पसका लागि फाराम भर्न सकिने जानकारी हटाएर संशोधित सूचना प्रकाशित गरिएको छ। सूचनामा स्नातक तह प्रथम वर्ष (बिएससी एजी) मा कात्तिक २५ देखि मंसिर १७ गतेसम्म अनलाइनबाट फाराम भर्न सकिने व्यवस्था भने यथावत् छ।

स्नातक तह प्रथम वर्षको बिएससी फरेस्ट्रीको भने समय थप गरेर पुस १ गतेसम्म फाराम भर्न सकिने समय तोकिएको छ। विद्यार्थी र प्राध्यापक सम्बन्धन खारेजीको माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने अडानमा छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);