एशिया प्यासिफक सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

एशिया प्यासिफक सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौं, १५ मंसिर । शनिबार काठमाण्डौमा सुरु एशिया प्रशान्त शिखर सम्मेलन २०१८ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले गरिबी, अशिक्षा, जलवायु परिर्वतन तथा स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि एशियाली मुल्य र मान्यताका साथ सहकार्य बढाउन सहभागी राष्ट्र प्रमुखहरुलाई आव्हान गरे ।

उनले जलवायु परिर्वतन विकास र मानवीय अस्तित्वका लागि नै चुनौतिको विषय भएकाले हिमालहरु पग्लने क्रम रोक्ने उपायबारे पनि सोच्नुपर्ने बताए ।

संविधान निर्माण र संघीय निर्वाचन पछि मुलुक विकास र सम्वृद्धिको बाटोमा अघि बढेको भन्दै उनले नेपालको शान्ति प्रक्रियाबाट विश्वले नै पाठ सिक्नुपर्ने बताए ।

सम्मेलनमा बिभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सहभागीता रहेको छ । सम्मेलन २ दिनसम्म चल्नेछ ।

ताजा समाचार