जिन परिवर्तन गर्न सफल भएको हि को दाबी, खबरले विश्वभर मच्चायो सनसनी | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

जिन परिवर्तन गर्न सफल भएको हि को दाबी, खबरले विश्वभर मच्चायो सनसनी

he

काठमाडौं, १४ मंसिर । चिनियाँ वैज्ञानिक हि जिआनकुइले लुलु र नाना नामक जुडुवा बालिकाहरुको ‘जिन एडिट’ अर्थात जिन परिवर्तन गर्न सफल भएको दाबी गरेपछि सो खबरले विश्वभर सनसनी मच्चाएको हो । यसरी जीनमा कृत्रिम बदलाव गरिएका यी विश्वकै पहिला एचआइभी निरोधक बच्चा भएकाले पनि यसबारे अत्याधिक चर्चा भइरहेको बताइएको छ ।

गत आइतबार चिनिया वैज्ञानिकहरुले वालवालीकाको जिन परीवर्तन गर्न सफल भएको जनाएका थिए । विश्वमा पहिलोपटक बच्चाको जिन परिवर्तन गराएका वैज्ञानिक विवादमा तानिएका छन । केही हप्ता अघि मात्र जन्मिएका ती बालिकाहरु पूर्ण रुपमा स्वस्थ रहेको उनको भनाइ छ ।

आइतबार युट्युबमा सार्वजनिक गरिएका भिडियोहरुमा वैज्ञानिक हि ले ती बच्चाहरु अहिले तिनका आमाको साथमा रहेको बताएका हुन् । तर यता आफूले विज्ञानको क्षेत्रमा हालसम्मकै ठूलो क्रान्ति गरेको दाबी गरेपनि वैज्ञानिक हि को चौतर्फी आलोचना भइरहेको छ । यसमा विश्वका अन्य चिकित्सक तथा वैज्ञानिकहरुले यसको सफलताबारे उनीसँग अझै स्पष्ट प्रमाण नभएको भन्दै असन्तुष्टि जनाएका छन् भने चिकित्सा तथा वैज्ञानिक समुदायले पनि यसको चर्को विरोध गरिरहेका छन् ।

वास्तवमा एम्ब्रेयो, अर्थात भर्खरै शिशुमा परिणत हुने क्रममा रहेको भ्रूणको जीन वा डिएनएमा अप्राकृतिक बदलाव ल्याउनुका धेरै भयानक परिणामहरु देखा पर्ने खतरा हुन्छ । यसले वंशाणुगत् अपाङ्गताको समस्या उत्पन्न गराउन सक्छ भने क्यान्सर हुने खतरा पनि उत्तिकै हुन्छ । यस्तोमा यो प्रक्रिया अझै परीक्षणकै क्रममा हुँदा मानिसमा यसका लागि मानिसको प्रयोग गर्नु नैतिकताका हिसाबले पनि अस्वीकार्य भएको प्रतिक्रिया आइरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

यता वैज्ञानिक हिले चाहिँ ती शिशुहरुको डिएनए अहिलेसम्मकै शक्तिशाली र अत्याधुनिक टुलको मद्दतले बदलेको हुनाले यसको कुनै नकारात्मक असर नपर्ने दाबी गरिरहेका छन् । वास्तवमा यस अनुसन्धानको प्रमुख उद्देश्य बालबालिकालाई आमाबाबुबाट सर्न सक्ने रोग तथा संक्रमणहरुबाट बचाउनु रहेको बताइएको छ । यस्तोमा ती बालिकाहरु अब एचआइभी भाइरसबाट पूर्ण रुपमा सुरक्षित रहेकोे हिको दाबी छ । तर यही निरोधक प्रणालीले शारीरमा विपरित प्रभाव पार्न सुरु गरे ती बालबालिकाहरुलाई सानै उमेरमा क्यान्सर, ट्युमर आदि देखा पर्न सक्नेमा चिकित्सकहरुले चेतावनी दिएका छन् ।

यसरी विवादमा तानिएदेखि बुधबार पहिलोपटक हिले हङकङको सम्मेलनमा सार्वजानिक हुँदै मिडियासामु स्पष्टिकरण दिएका हुन् । यसरी उनको कामलाई दानवीय ठहर गरिएपनि सो सम्मेलनमा उनले आफूले कुनै गलत काम नगरेको उल्लेख गरेका छन् । आफूले एचआइभी संक्रमित जोडीहरुको छनौट गरि तिनका बच्चालाई सो संक्रमणबाट बचाउने मौका दिलाएको हुँदा यसप्रति आफूलाई केबल गर्व मात्र महसुस भइरहेको उनले बताएका छन ।