हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि... | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि…

death

काठमाडौं, १४ मंसिर । जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेखि पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो ।

डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, डिएसपी साप नमस्कार । डिएसपीले नमस्कार भन्दै सोधे, को बोल्नु भएको होला ?

उताबाट जबाफ आयो, मेरो नाम तस्विर तामाङ हो । सोमबार दिउँसो ठुलोपातल गाउँमा एउटी महिलाको हत्या गर्ने हुँ म । म उनको श्रीमान हुँ । तपाईका पुलिस मेरो पछि लागेका छन् रे । पछि नलाग्नु भन्नुस । मेरो साथमा दुई मिटर नाईलनको डोरी पनि छ । तपाईका पुलिसले भेटिहाले भने पासो लगाएर मर्न भनेर डोरी बोकेको हुँ ।

आफ्ना पुलिसलाई फर्काउनुस् सर, म भारत जान चाहन्छु । नभए रुखमा झुन्डिएर आत्महत्या गर्छु ।

फोनमा कुरा गर्दा गर्दै डिएसपी पाठकले आफ्ना बडिगार्डमार्फत प्रहरी अधिकृतहरुलाई उक्त नम्बरको लोकेसन पत्ता लगाउन सँकेत गर्दै ती व्यक्तिलाई सम्झाउने र अझ खुलेर कुरा गराउने कोसिस गर्छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);