काठमाडौंमा ‘नेपाल चेम्बर एक्स्पो’ सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

काठमाडौंमा ‘नेपाल चेम्बर एक्स्पो’ सुरु

काठमाडौं, १३ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो’ सुरु भएको छ । नेपालको निर्यात् व्यापार वृद्धि गर्ने मूल उद्देश्यका साथ नेपाल चेम्बर अफ कमर्शको संयोजनमा सो एक्स्पो आयोजना गरिएको हो ।

५ दिनसम्म चल्ने एक्स्पोको उद्घाटन कार्यक्रममा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी पनि सहभागि भएकी थिइन् । म्यानम्यारका व्यापारीहरुको सक्रिय सहभागिता समेत रहेको एक्स्पोमा उनको सहभागितालाई उत्साहको रुपमा लिइएको छ ।

एक्स्पोको उद्घाटन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले एक्स्पोमा सुकीको उपस्थिति आफैमा महत्वपूर्ण रहेको बताए । उनले सो एक्स्पोले नेपालको आर्थिक समृद्धिको लागि नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । त्यस अवसरमा अध्यक्ष दाहालले नेपाल सरकार, यहाँका राजनीतिक नेतृत्व र सबै क्षेत्र समृद्धिको दिशामा अघि बढेको बताए ।

एक्स्पोमा म्यानमारका व्यवसायीहरुले २५ वटा स्टल राखेका छन् । मेलामा भारत, चीन, जापान, पाकिस्तान, बंगलादेशलगायतको गरी १ सय ९० वटा स्टल राखिएको छ । गुणस्तरीय कपडा, मोवाईल र विद्युतीय सामग्रीहरु, फर्निचरसँग सम्बन्धित साग्रमीहरु राखिएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । निकासीयोग्य नेपाली बस्तुहरु एक्स्पोमा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);