म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी काठमाडौंमा

काठमाडौं, १३ मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी काठमाडौं आएकी छन् । नोबेल पुरस्कार विजेता नेतृ सुकी ‘एशीया प्यासिफिक समिट’मा भाग लिन बिहीबार काठमाडौं आईपुगेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे । नेतृ सुकीको पहिलो आैपचारिक नेपाल भ्रमण भएकाले उनको भ्रमणको व्यवस्था नेपाल सरकार आफैंले गरेको छ । त्यस अवसरमा विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सुकीलाई सम्मान गारत समेत अर्पण गरेको थियो ।

नेपाल बसाईका क्रममा नेतृ सुकीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । सरकारले सुकीको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाएको छ । सरकारले सुकीको भ्रमणलाई ध्यानमा राखेर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको छ ।

पछिल्लो समय म्यानमारमा रोहिंग्या समूदायमाथि भएको हिंसालाई लिएर उनको आलोचना भईरहेको छ । सोही विषयलाई समेत ध्यानमा राखेर सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो ।

म्यानमारमा भएको पछिल्लो निर्वाचनमा सुकी नेतृत्वको नेशनल लिग फर डमोक्रेसीले भारी बहुमत प्राप्त गर्दै विजयी भएसँगै त्यहाँ सैनिक शासनको अन्त्य भएको थियो ।

सुकीका श्रीमान विदेशी नागरिक भएका कारण राष्ट्रपति बन्न नमिल्ने संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सल्लाहकारको भूमिकामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);